• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश १ मा संस्थापन पक्षको बर्चस्व,उद्धब थापा बिजयी

कांग्रेस प्रदेश १ मा संस्थापन पक्षको बर्चस्व,उद्धब थापा बिजयी


समायोजन खबर
  • सोमबार, मंसिर २० २०७८

  • समायोजन खबर, नेपाली काग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति पदाधिकारीको सस्थापन बर्चस्व सहित बिजयी भएको छ। सस्थापन पक्षका उद्धब थापाले पौडेल कोईराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पारेका छ्न । सोमबार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छ्न।

    यस्तै थापा प्यानमा सस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गरि बिजयी भएका छ्न। भने सस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई बिजयी भएका छ्न। यस्तै सह-महामन्त्री महिला तर्फ सस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर बिजयी भएकी छिन भने ईतरकी सीता कार्किले ७ सय ९३ मत प्राप्त गरेकी छिन।

    यस्तै सह-महामन्त्री खुल्ला तर्फ सर्बाधिक मतका साथ खड्ग फागो बिजयी भएका छ्न उनले १ हजार २६ मत प्राप्त गरेका छ्न भने अर्का बिजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि बिजयी बनेका छ्न। अध्यक्षमा पदमा सुरुवाती अग्रता लिदै आएका गुरुराज घिमिरेलाई थापाले पछ्याउँदै अन्तिम मतगणनामा २ मतले पछि पारेका थिए । थापाले २ मत बढी प्राप्त गरे पछि मतगणनामा त्रुटि भएको भन्दै केही बेर बिबाद उत्पन्न भएको थियो।

    कसको कती मत ?

    सभापति: १.उद्दव थापा – ८४४  २.गुरुराज घिमिरे -८४२  उपसभापति : १.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५  २.टंक प्रसाद राई -८४७ ३.रमेशजंग रायमाझी -८९० ४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९ महामन्त्री : १.उमेश थापा -८०३ २.दिपनकुमार श्रेष्ठ -७६४ ३.पदम सुन्दर पालुङ्गवा- ८०७ ४.भुपेन्द्र राई -८२४ सह-महामन्त्री : १.प्रमिला गछदार -८३७ २.सीता कार्की-७९३ सह-महामन्त्री : १.खड्ग फागो -१०२६ २.रोहित कुमार शाह -६६५ ३.बिनोद कुमार बस्नेत -७४७ ४.विरकाजी राई -६४७ ५.शुभचन्द्र राई -८४

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology