समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै नयाँ प्रशासनिक पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संघीय संरचना लागू भएपछि तत्कालिन गाविस र विद्यालयको भवनबाट सेवा प्रवाह गरिरहेको गाउँपालिकाले सोमबारदेखि आफ्नै प्रशासनिक भवनबाट सेवा दिन थालेका छन्।
गाउँपालिकाको आफ्नै प्राविधिक प्रयास र श्रोतवाट आर्थिक वर्ष २०७५/०७६ देखि बहुवर्षीय रुपमा सञ्चालन गरी निर्माण सम्पन्न भवनको गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गुर्नभएको थियो।
गाउँपालिकाको १ करोड ७६ लाख ५४ हजार ९२० रुपैयाँ लागतमा निर्माण सम्पन्न भवनमा सभाहलसहित १३ वटा प्रशासनिक कोठाहरुको रहेको गाउँपालिकाले जनाएको छ। नयाँ भवन बाक्सिला बजारदेखि केही माथि छ।
सबै शाखा, उपशाखाहरु नयाँ भवनमा समेटिएपछि नागरिकलाई सेवा प्रवाह गर्नमा सहजता भएको गाउँपालिका अध्यक्ष राईले बताए। नागरिकले इच्छाईएको सेवालाई नयाँ भवनबाट अझ प्रभावकारी ढंगले प्रवाह गरिनेछ । अध्यक्ष राईले भने, ‘सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न पाउँदा कर्मचारीमा पनि उत्प्रेरणा बढेको छ।’
यसअघि तत्कालिन बाक्सिला गाबिसको भवन र पृथ्वी माध्यमिक विद्यालयको जिर्ण भवनलाई मर्मत गरी सेवा दिंदै आएको थियो। यस गाउँपालिकामा ७ वडा रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology