• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी हुन् माओवादी केन्द्र खोटाङको नयाँ नेतृत्व

यी हुन् माओवादी केन्द्र खोटाङको नयाँ नेतृत्व


समायोजन खबर
  • आइतबार, मंसिर १२ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङका १० वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको पालिका कमिटि गठन गरिएको छ । शनिबार सम्पन्न पालिका/नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटि गठन गरेको हो । माओवादी केन्द्रको अधिकांश पालिका कमिटिमा युवाको बर्चस्व स्थापित भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा माओवादी केन्द्रको ६५ सदस्यीय नगर कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा खगेन्द्र राई, उमेशचन्द्र राई र ध्रुवादेबी राई, सचिवमा जमानसेर राई (युगसन किरात), सह–सचिवमा दिपेन्द्र राई र कोषाध्यक्ष रामकुमार हिङमाङ चयन भएका छन्। विसन अध्यक्षमा दोहोरिएका हुन्।

    माओवादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकामा राजुबिक्रम चाम्लिङलाई अध्यक्ष चयन गरेको छ। नगर कमिटिको उपाध्यक्षमा प्रदिप राई (माईला), प्रमोद गिरी र कन्ठ कार्की, सचिव रमिला वस्नेत, सह–सचिव गन राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका छन्। यसअघि नगर सम्मेलन आयोजक कमिटिको अध्यक्ष बनाइएका चाम्लिङ प्रथम नगर सम्मेलनबाट अध्यक्षमा चुनिएका हुन्।

    साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटि गठन गरिएको छ। उपाध्यक्षमा बिर्सिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नविनकुमार राई, सह–सचिवमा धनकुमार राई र कोषाध्यक्षमा उन्नत राई चयन भएको माओवादी केन्द्रले जनाएको छ । खड्का साकेला गाउँपालिका अध्यक्ष पनि हुन्।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय पालिका कमिटि गठन गरिएको छ। उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सह–सचिवमा रमेश थुलुङ र कोषाध्यक्ष चमेली बिक चयन भएका छन्।

    केपिलासगढी गाउँपालिकामा रुद्र राईको अध्यक्षतामा पालिका कमिठि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा रामकाजी राई, कुमार परियार र बिष्णुकुमार राई, सचिवमा लक्ष्मण साम्पाङ ९समिप०, सह–सचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रले दिपेन राईको अध्यक्षतामा पालिका कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा धनबहादुर महाराजी, शुशिला राई र इन्द्रहाङ किराती, सचिवमा बशन्त राई, सह–सचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चुनिएका माओवादी केन्द्र खोटाङ संयोजक देवान किराती पृथ्बीले बताए।

    यस्तै, जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्षमा बद्री राई चयन भएका छन्। उपाध्यक्षमा देबीमायाँ राई, खड्गबहादुर राई, सचिवमा नइन्द्र राई र सह–सचिवमा नेत्रकुमार श्रेष्ठ चयन भएका छन्।

    रावाबेँसी गाउँपालिकामा रामबहादुर राई ९बाबुराम०को अध्यक्षतामा पालिका कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिवमा उदिम चाम्लिङ राई, सह–सचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कट्वाल चयन भएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटि विस्तार गरिएको छ। पालिका कमिटिको उपाध्यक्षमा खड्गबहादुर तामाङ (प्रेम), किसान राई र नैनकुमारी खत्री, सचिवमा दिपक पौडेल, सह–सचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन्। बराहपोखरी गाउँपालिका अध्यक्षमा युवराज मगर, उपाध्यक्षमा तारा राई, राजन राई, कमला राई, सचिवमा अर्जुन तामाङ, सह–सचिवमा धुर्बजित राई र कोषाध्यक्ष गणेश परियार चयन भएको माओवादी केन्द्रले जनाएको छ । श्रोत: नेपालवाईड

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology