समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गतको मतदान भोली मात्रै हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गतेलाई तोकेको भए पनि यहाँ भने तोकिएको मितिमा उम्मेद्वारी दर्ता र मंसिर ७ गते अन्तिम नामावली प्रकाशन मात्रै भएको छ।
प्राविधिक कारणले मंगलवार हुने भनिएको मतदान बुधबार विहान ७ वजेदेखि अपरान्ह १ वजेसम्म सरस्वती माध्यमिक विद्यालय दिक्तेलवजारमा हुने जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले बताउनुभयो।
यसैविच, मतदानका लागि आएका क्षेत्रिय प्रतिनिधिहरु रुष्ट भएका छन्। वर्तमान जिल्ला कार्य समिति र जिल्ला निर्वाचन समितिले तोकेको समयमा मतदान नगराई आफूहरुलाई शास्ती दिएको भन्दै उनीहरु रुष्ट बनेका छन्।
मंसिरको बाली भित्र्याउने समयमा मतदानको समय लम्बाएर अधिकांशलाई दुःख दिएको प्रतिनिधिहरु बताउँछन्। मतदानका लागि प्रदेश क्षेत्र ‘क’ वाट ७१९ जना र ‘ख’ वाट ६५४ जना क्षेत्रिय प्रतिनिधिहरु दिक्तेल आएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology