• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस क्षेत्रिय अधिवेशन : हलेसीमा ६८२, सिमपानीमा ६३५ मत खस्यो

कांग्रेस क्षेत्रिय अधिवेशन : हलेसीमा ६८२, सिमपानीमा ६३५ मत खस्यो


समायोजन खबर
  • शुक्रबार, मंसिर ३ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको क्षेत्रिय अधिवेशन अन्तर्गत मतदान सकिएसँगै मत गणनाका लागि तयारी सुरु भएको छ।

    शुक्रबार भएको अधिवेशनमा प्रदेश क्षेत्र ‘क’ मा ६८२ र प्रदेश क्षेत्र ‘ख’ मा ६३५ मत खसेको छ।

    मत गणनाका लागि प्रदेश क्षेत्र ‘ख’ मा आचार संहिता बन्दै गरेको जानकारी प्राप्त भएको छ। प्रदेश क्षेत्र ‘क’ मा राती ९ वजेपछि छलफल राखेर मत गणनाको व्यवस्था मिलाईने मतदान अधिकृत शिवहरि ढकालले बताए।
    प्रदेश क्षेत्र ‘क’को अधिवेशन अन्तर्गत हलेसीस्थित महेन्द्रोदय मावि र प्रदेश क्षेत्र ‘ख’ को सिमपानी क्याम्पसमा मतदान भएको थियोे।

    प्रदेश क्षेत्र ‘क’ मा राजेन्द्र राई र भक्तजंग राई तथा प्रदेश क्षेत्र ‘ख’ मा चण्डीकुमार राई र दिनेश कुमार घिमिरे क्षेत्रिय सभापतिका उम्मेद्वार थिए।

    प्रदेश क्षेत्र ‘क’ का क्षेत्रिय सभापतिका उम्मेद्वार राजेन्द्रलाई पूर्व पार्टी सभापति विष्णुकुमार राई र भक्तजंगलाई पूर्व राज्यमन्त्री सर्वधन राईले साथ दिएका छन्।

    यस्तै, प्रदेश क्षेत्र ‘ख’का क्षेत्रिय सभापतिका उम्मेद्वार चण्डीलाई महाधिवेशन प्रतिनिधि तथा हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको साथ छ भने, घिमिरेलाई पूर्व पार्टी सभापति राईको साथ छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology