समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका युवा नेता निशान राई सामाजिक काममा निक्कै नाम कमाएका व्यक्ति हुन्। २०२९ साल भदौ १५ गते नेर्पामा जन्मिएका राईको जीवन सामाजिक र राजनीतिक कार्यमै वित्दै आएको छ।
अमर आर्दश माध्यमिक विद्यालय काठमाण्डौवाट जीवनको प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०४६ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरे। भारतको बैंलोरबाट आईएसी/विएसी र पाटन क्याम्पस काठमाण्डौबाट सोसोलोजी अध्ययन गरेका राईले त्यसपछिका जीवन प्रायः सामाजिक कार्यमा बिताए।
तत्कालिन राप्रपा तथा जिल्लाकै चर्चित नेता पर्शुराम राईका छोरा भएकै कारण उनले २०५६ सालवाट २०६३ सालसम्म राप्रपा जिल्ला कार्य समिति सदस्य भएर राजनीति सुरु गरे। राजनीतिमा छिरेपछि अझै समाजलाई नजिकवाट नियाले, जनताको पिरमर्का बुझ्न जनताको ढोकासम्म पुगे । जनताको दुःखमा साथ दिए।
राजनीतिमा जनताको सेवा गर्नका लागि उचित स्थान पाए मौका गुमाउनु हुन्न भनेर उनी २०६३ सालमा नेपाली कांग्रेसमा प्रवेश गरे। कांग्रेस प्रवेशपछि २०६३ सालको नेपाली कांग्रेसको पाँचौ जिल्ला अधिवेशनमा जिल्ला कार्य समितिमा स्वतन्त्र उम्मेद्वारी दिए। बिडम्बना झिनो मतले पराजित भए।
अधिवेशनवाट कांग्रेसमा कुनै भूमिका नपाएपछि उनी आफ्नो पूरानै पेशा(२०५२ साल देखिको) सामाजिक काममै लागि रहे। खोटाङ सोसल वलफेयर फाउण्डेसनको फाउण्डर/चेयरमेन समेत भएर सामाजिक काममा अघि बढेका राईले आफ्नो नेतृत्वमा जिल्ला अस्पताल खोटाङलाई १ थान भिडियो एक्सरे मेशिन उपलब्ध गराए। राईको नेतृत्वमा आएको एक्सरे मेशिनवाट जिल्लावासीले २५ वर्ष सुविधा लिए। फलस्वरुप उक्त एक्सरे मेशिन अहिले जिल्ला अस्पतालमा छैन। अस्पतालले कौडीको भाउमा लिलामी गरे।
सामाजिक काममा खटिरहंदा राईलाई २०५८ सालमा तत्कालिन नेकपा माओवादीले अपरहण समेत गरेको थियो। घरमा आगजानी गरिदियो । त्यो वेलाको माओवादीको ज्यादतीको प्रवाह नगरी उनी सामाजिक काममै खटिरहे।
संघीयता पछि २०७४ सालको प्रथम स्थानीय तहको निर्वाचनमा राईले पुनः राप्रपावाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको उम्मेद्वारी घोषणा गरेर चुनावमा लडे। सफलता भने हात पर्न सकेन। दुःखमा परेका जनताले भने उनलाई सम्झीरहे।
जनताकै सेवाका खातिर २०७७ साल भदौ ११ गतेवाट उनले पुनः कांग्रेसमै निरन्तरता दिए। कांग्रेसका प्रखर वक्ताका रुपमा चिनिदै आएका राई हाल कांग्रेसको आमन्त्रित जिल्ला कार्य समिति सदस्य हुन्। निशान राई भनेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका राजनीतिक दलमा तरंग फैलने गर्छ।
महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा
कांग्रेसका युवा तथा प्रखर वक्ता राईले कांग्रेसको १४ औं महाधिवेशनका लागि जिल्लावाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी घोषणा गरेका छन् । ‘अन्तरघात, गुटबन्दी, उपगुट र राजनैतिक निषेधको त्याग नै कांग्रेसको सफलता हो भन्दै।’ फेसवुकमार्फत महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
सहकार्य, सहमति, सामिप्यता र एकता नै नेपाली कांग्रेसको आवश्यकता भएकाले क्षेत्रिय प्रतिनिधिहरुलाई हाम्रो नभई राम्रो मान्छेलाई नेतृत्वमा पु¥याउन स्वेच्छिक मतदान गर्न राईले आग्रह गरेका छन्।
महाधिवेशन प्रतिनिधिमा किन उम्मेद्वारी ?
जिल्लावाट चयन भएर माथि गएर असल नेतृत्व चयन गर्न, केन्द्रीय सदस्यहरु चयन गर्न, पार्टी सभापति चयन गर्न, पार्टीको नीति नियम तयार गर्ने कुरामा यथार्थ सल्लाह सुझाव दिन र सवल नेतृत्व चयनका लागि महाधिवेशन उम्मेद्वारी दिएको राई बताउँछन्।
जिल्लाका पार्टीका सदस्य तथा कार्यकर्ताको समस्यालाई केन्द्रमा पु¥याउने काम महाधिवेशन प्रतिनिधिको काम हो। वारम्वार केन्द्र र स्थानीय तहविच सम्पर्क, लिंक बढाउने महाधिवेशन प्रतिनिधिको जिम्मेवारी हो। राईले भने, ‘त्यो पूरा गर्नका लागि महाधिवेशन प्रतिनिधि उठेको छु।’
महासमितीको जिम्मेवारी भनेको भोली यदि पार्टी सभापति र केन्द्रीय सदस्यहरुले पार्टी हित विपरीत काम गरेमा, अथवा पार्टीलाई धराप पारेमा महासमिति सदस्यले गएर विशेष महाधिवेशन डाँक्ने अधिकार हुन्छ। प्रस्ताव राखेर, छलफलमा लगेर । यदि सभापति फेर्नु छ भने सभापति पनि फेर्न सक्ने अधिकार महासमितिलाई हुन्छ।
राई भन्छन्, “महासमिति सदस्य नेताकहाँ गएर उभिदिने हो, स्वार्थ पूर्ति गर्ने हो। महाधिवेशन प्रतिनिधिहरु गएर ‘हजुर म आए।’ ‘हजुरलाई भोट दिए।’ भन्ने हो। यो भन्दा अरु काम भएको छैन नि त। कार्यकर्ताको आवाज माथि पु¥र्याएको छ ? छैन नि त। त्यही भएर निशान राई महाधिवेशन प्रतिनिधि जानु आवश्यक छ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology