समायोजन खबर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ। ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा १६, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, बेलबारीमा २, उर्लाबारी, सुनबर्षी, मिक्लाजुङ, केराबारी र रतुवामाईमा १–१, झापाको विर्तामोड र दमकमा ४–४, अर्जुनधारा, बुद्धशान्ति, बाहृदशी, कनकाई र कमल गाउँपालिकामा १–१, सुनसरीको इनरुवामा ३, इटहरीमा २, दुहवी, देवानगञ्ज, हरिनगर र धरानमा १–१, उदयपुरको कटारी, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology