समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङको वडा अधिवेशनबाट महिलाको मात्रै वडा कमिटी गठन भएको छ। राजनीतिमा पुरुषहरु हावि भईरहंदा जिल्लाको इतिहासमा पहिलो पटक महिलाको कमिटी गठन भएको हो।
नेकपा एमाले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आईतबार सम्पन्न वडा अधिवेशनबाट तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो।
वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिक छन्।
यसैविच, ६ कार्तिकबाट जारी नेकपा एमाले खोटाङको वडा अधिवेशनले ७६ वडाम सर्वसहमत नेतृत्व चयन गरिसकेको नेकपा एमाले खोटाङका पार्टी अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा ९ कार्तिकमा अधिवेशन हुनेछ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेतृत्व चयनमा समस्या आएकाले अधिवेशन अनिश्चित बनेको छ।
अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक तथा उपसचिव दुई र ३१ वडा सदस्य चयन हुनेछ। आउँदो कार्तिक ९ गते सात सय ५३ पालिकामा अधिवेशन हुनेछ। एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology