• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

७०८ जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

७०८ जनामा संक्रमण, ११ संक्रमितको मृत्यु


समायोजन खबर
  • शुक्रबार, कार्तिक ५ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ९३२ जना निको भएका छन्। योसँगै हालसम्म ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन्।

    त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु)मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन्। आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology