• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दशैं तिहारको अवशरमा च्यास्मीटारमा भलिवल प्रतियोगीता

दशैं तिहारको अवशरमा च्यास्मीटारमा भलिवल प्रतियोगीता


समायोजन खबर
  • बिहिबार, असोज २८ २०७८

  • भलिबल प्रतियोगीताका विजेता खेलाडीका साथमा अतिथि तथा आयोजक।

    समायोजन खबर खोटाङ, दशैं तथा तिहारको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोल स्तरिय पुरुष भलिवल प्रतियोगीता आयोजना गरिएको छ। नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सिइओ उपेन्द्र घिमिरेको प्रायोजनमा नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्य समितिले भलिबल प्रतियोगीता आयोजना गरेको हो।

    च्यास्मीटार माबिको प्रांगणमा २५ असोजदेखि २७ असोजसम्म आयोजना गरिएको टोल स्तरिय पुरुष भलिवल प्रतियोगीतामा च्यास्मीटार हुन्डाखा (बी) प्रथम, सार्पा दोश्रो, तल्लो छोर्दिपा तेश्रो र बाङमा (ए) शान्त्वना भएको आयोजक नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्य समितिका सभापति महेश अधिकारीले बताए।

    विजेता समुहलाई क्रमशः १५ हजार १५, १३ हजार १३, १० हजार १० र ५ हजार ५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ। प्रतियोगीतामा उत्कृष्ट खेलाडीको उपाधि गैरा जोरसिमलका ज्योती राई, बेष्ट स्पाइकरको उपाधि हुन्डाखाका दिनेश राउत र बेष्ट लिफ्टरको उपाधि सार्पाका जापान राईले जितेका छन्। प्रोत्साहित खेलाडीको उपाधि हुन्डाखाका केदार अधिकारीलाई प्रदान गरिएको आयोजकले जनाएको छ। उनीहरुलाई मेडलका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ।

    विजेता टिम तथा खेलाडीलाई सर्वज्ञ रियल स्टेटका सिइओ एवं कांग्रेसका युवा नेता घिमिरे, घिमिरे पत्नी रुकमणी मगर घिमिरे, कांग्रेस वडा कार्य समितिका सभापति अधिकारी, अध्यापक एवं शिक्षासेवी शैलेसकिरण चाम्लिङ लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए। प्रतियोगीतामा वडाका १८ टिमको सहभागीता रहेको थियो।

    पुरस्कार वितरण कार्यक्रममा सर्वज्ञ रियल स्टेटका सिइओ रहेका कांग्रेसका युवा नेता घिमिरेले साविक ९ वडालाई एक/एक थान भलिबल प्रदान गरेका छन्। च्यास्मीटारमा दशैं तथा तिहारको अवशरमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्ने गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology