समायोजन खबर, नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ।
अक्टोबर २ अर्थात् गएको असोज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ।
यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्ष मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा समेत मनसुन भित्रिएको सुरुमै सक्रिय भयो भने सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुरलगायतका ठाउँमा आरीघोप्टे वर्षा अर्थात् भाँडोबाट खन्याए झैँ एकै पटक ठूलो पानी परेको छ।
जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ। मनसुन बाहिरिएसँगै अहिले नेपालमा कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology