• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कविता- १६ लिस्नो

कविता- १६ लिस्नो


समायोजन खबर
  • शनिबार, असोज २३ २०७८

  • चित्र कुमार सुवेदी,

    मैले लिस्नो
    समाइदिएपछी
    लुग लुग गोडा कमाउदै
    तलो चढे रामवीर हरु
    टेकेर ढाड
    समाएर अखेडा
    माथी पुगे
    आङनिमाहरु
    मलाइ भने
    हामी माथी पुगेपछी
    तिमिलाइ पनि उभै तान्छौ
    भोकै हुन्नन तिम्री श्रीमती
    नाङौ हुन्नन तिम्रा छोरा छोरी
    म फुर्के मान्छे फुरुक फुर्के
    रोकेर सास
    थापेर ढाड
    निहु¥याएर गर्दन
    उठाएर शिर
    चढाई दिए माथिल्लो तला
    आउला भनेको नुन चामल
    तर बुट आयो, लौरो आयो
    चिरियो छाति, टुटुल्कियो टाउको
    रिङगटा लाग्यो घुमो सारा पृथ्वी
    टन्टलापुर घाममा
    अध्यारो भो निष्पट्ट
    झरो आँसुको भेल
    कापो शरिर
    आशु बर्षाएर के गर्नु
    रोहेर केहि हुदोरहेनछ
    सोचे, दह्रो बनाए मुटु
    माथिबाट तल झर्दा
    तानिदिन्छु लिस्नु
    पछारि दिन्छु भूइमा
    कहिल्यै नउठ्ने गरि
    तर,
    उनीहरु त
    वयलगाडामा पुगि सकेछन् अमेरिका
    रकेटमा पुगिसकेछन मंगल ग्रह
    कुन विजयराजले हो लाईदिएछ पोल
    धम्क्याउदै छ फोनबाट रामवीर
    भन्दै छ पठाउँछु क्षेप्यास्त्र
    हान्छु एटम बम
    धस्त गर्छु तँ र तेरो परिवार
    अन्त्य गर्छु गरिबी
    म सहँदै निर्भिक उभिएको छु
    सगरमाथा उभिएझै
    दुनियाँले टेकेर होला
    उस्तै लाग्छ
    लिस्नोको अखेटा र मेरो ढाड
    उस्ले बम हानो भने
    मेरो ढाडमा ठोकिएर
    भकुन्डो झै उफ्रिएर
    ध्वस्त गर्छ उसैलाई
    मैले तान्नु पर्दैैन लिस्नो
    बाँच्छन मेरा परिवार
    पुरै आयू भोकै भए पनि
    नाङ्गै भए पनि
    स्वतन्त्रता पुर्वक
    म बाच्ने छु
    हेरिरहेको छु अखेटा
    छामिरहेको छु ढाड
    कामिरहेको छ हात
    समाई रहेको छु लिस्नो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology