समायोजन खबर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ। ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।
प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology