• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हिरासत पुस्तकालयलाई पुस्तक सहयोग

हिरासत पुस्तकालयलाई पुस्तक सहयोग


समायोजन खबर
  • बुधबार, असोज १३ २०७८

  • समायोजन खबर खोटाङ,खोटाङका युवाहरुले जिल्ला प्रहरी कार्यालय खोटाङले स्थापना गरेको हिरासत पुस्तकालयलाई निःशुल्क पुस्तक सहयोग गरेका छन्। नेपाल तरुण दलका सभापति भिषण राई र नेविसंघ सभापति राजकुमार वस्नेतले विभिन्न विधाका २५ वटा पठनीय पुस्तकहरु सहयोग गरेका हुन्।

    युवाहरुले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी निरीक्षक सागर साहलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन्। पुस्तक हस्तान्तरणका लागि तरुण दल उपसभापति सन्जय कुमार राई, नेविसंघ सभापति वस्नेत, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजु, दिक्तेल नगरका नेविसंघ सभापति मोतिचन्द्र राई, नेविसंघ क्याम्पस इकाई सभापति सुमन आचार्य लगायत पुगेका थिए।

    पुस्तक हस्तान्तरणपछि उनीहरुले हिरासत कक्ष नजिक स्थापना गरिएको पुस्तकालय परिसर अवलोकन गरेका छन्। राई र वस्नेतले जीनव काडा कि फूल, एक मिनेटमै जीवन परिवर्तन, सबै जातको फूलबारी, लू, पल्पसा क्याफे, म सक्छु, कैरन, रक्त कुण्ड, भुइयाँ, माङगेना, लाटो पहाड, आमा, चिना हराएको मान्छे, दशगजामा उभिएर लगायत दश हजार बराबरको पुस्तक सहयोग गरेका हुन्।

    मूलतः थुनुवाहरुको विचारमा परिवर्तन ल्याउन, सकारात्मक सोच पैदा गराउन र समय विताउनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको हो। हिरासतमा वस्दा थुनुवाहरुलाई समय विताउन समस्या हुन्छ। प्रहरी निरीक्षक साहले भने, यसको मध्यनजर गरेर पनि पुस्तकालय स्थापना गरिएको हो। पुस्तक सहयोग गर्ने दाताहरुको नाम, ठेगाना पुस्तकमा लेखिने र पुस्तक सहयोग गर्नेहरुको भविष्यमा नामावली बनाएर होडिङवोर्ड राख्ने योजना छ।’

    यसअघि जिल्ला निर्वाचन अधिकारी कोपिला राईवाट १८ वटा, मानव अधिकारको कार्यालयवाट १४ वटा, जिल्ला प्रशासन कार्यालयवाट ९ वटा, विन्दु अधिकारी ढकालवाट ३ वटा, प्रहरी निरिक्षक सागर शाहवाट ७ वटा, प्रहरी सहायक निरिक्षक हरी पौडेलवाट २ वटा, अधिवक्क्ता ओम प्रकाश घिमिरेवाट १२ वटा र पत्रकार हरिवोल आचार्यवाट १९ वटा पुस्तक सहयोग प्राप्त भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology