• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाइयाे : ओली

स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाइयाे : ओली


समायोजन खबर
  • बुधबार, भाद्र ३० २०७८

  • केपी शर्मा ओली

    समायोजन खबर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाएका छन्।

    कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोखे।

    ‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं। करोडौं खोप ल्यायौं। अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ उनले भने, ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए। केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ।’

    आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology