• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री

प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री


समायोजन खबर
  • बुधबार, भाद्र ३० २०७८

  • समायोजन खबर, प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ।

    बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

    अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले स्वास्थ्य सम्बन्धिका ११ प्रकारका विभिन्न सरसमानहरु हस्तान्तरण गरेको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो।

    उहाँका अनुसार गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ।

    संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology