समायोजन खबर, एमाले अध्यक्ष केपी ओलीले विगतमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता भेलामा ओलीले एमसिसीमा सत्ता गठबन्धनको धारणा मागे। ‘यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसिसी गरे। अहिले एमसिसीमा बोल्दैनन्। झुक्याएर पास गर्न खोज्या छ। के गर्ने हो भन्दैनन्। जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने ? देउवाजी, प्रचण्डजी बोल्नुपर्दैन। के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ। यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,’ उनले भने।
ओलीले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे। ‘पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्यो। त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,’ उनले भने।
ओलीले वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे। ‘तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन्। देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,’ ओलीले भने, ‘रानीपोखरीमा ढुंगा हान्न सक्छन्। मूर्ति भक्काउन सक्छन्। याद गर्नुस् यिनीहहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन्। बिगार्दै गएका छन्।’
वर्तमान सरकारले विकासको गतिलाई रोकेर कर्मचारीतन्त्रमा आतंक फैलाएको ओलीको आरोप थियो। ‘कर्मचारी कसैलाई निकालेको छ, स्पष्टीकरण सोधेको छ। कसैलाई सुख नदिने,’ ओलीले सोधे, ‘कर्मचारी, जनता, सुकुम्वासी, गरिबलाई सबैलाई दुःख दिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology