समायोजन खबर, नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ। भारतीय हस्तक्षेपविरुद्ध प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले शुक्रबार मोदीको पुतला जलाएको हो।
विरोध प्रर्दशनीमा अनेरास्ववियुले भारतीय हस्तक्षेप मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएको थियो।
प्रर्दशनका क्रममा मोदीको पुतला जलाउन खोज्दा प्रहरीले खोस्न थालेपछि झडपसमेत भएको थियो। झडपमा परी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त र सचिव अशोक थापा घाइते भएका छन्।
अनेरास्ववियुका सचिव मेघनाथ चापागाईंका अनुसार अध्यक्ष पराजुलीको छाती र हातमा आगोले पोलेको छ। उनलाई मोडल अस्पतालमा उपचार पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology