समायोजन खबर,पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन्।
बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन्।
कुनै बैठकको निर्णय बिनै प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौं सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पूर्वक दर्जनौं सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको साहको आरोप छ। पूर्वमन्त्री साहले सभामुख सापकोटालाई प्रचण्डको लठैत रहेको आरोप लगाएका छन्।
सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उनको ठहर छ। सभामुख सापकोटाले कानुन निर्माणदेखि कानुनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको पूर्वमन्त्री साहको आरोप छ।
‘सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति तटस्थ रहनुपर्ने हुन्छ। तर, खुलेआम रूपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा निर्वाह गर्नुभयो’, उनले भने। प्रचण्डको एउटा पत्रको भरमा सभामुख सापकोटाले आफूहरूलाई पदमुक्त गरेको उनको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology