• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सामाजिक विकास मन्त्री साम्सोहाङद्धारा कोभिड अस्पतालको अनुगमन

सामाजिक विकास मन्त्री साम्सोहाङद्धारा कोभिड अस्पतालको अनुगमन


समायोजन खबर
  • आइतबार, भाद्र १३ २०७८

  • समायोजन खबर, प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गर्नुभएको छ।

    मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिनुभएको थियो। उहाँले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरि गर्न निर्देशन दिनुभयो।

    कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराउनुभयो। मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस्।’

    प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ। कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology