• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थपिए १८५७ संक्रमित, २७ जनाको निधन

थपिए १८५७ संक्रमित, २७ जनाको निधन


समायोजन खबर
  • शनिबार, भाद्र १२ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, कोरोना भाइरसको संक्रमण आज एक हजार ८५७ जनामा देखिएको छ। विगत २४ घण्टामा १३ हजार १७६ जनाको परीक्षण गर्दा एक हजार ८५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।

    यस्तै ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज संक्रमणबाट दुई हजार २२२ जना निको भई घर फर्किएका छन्। अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना निको भई घर फर्किएका छन्। नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ।

    यस्तै संक्रमणबाट २७ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन्।

    सघन उपचार कक्ष (आइसियु)मा ६१५ जना, भेन्टिलेटरमा १७४ जना, होम आइसोलेसनमा ३३ हजार ८३५ जना, संस्थागत आइसोलेसनमा तीन हजार ३१ जना र क्यारेन्टाइनमा ३४६ जना रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology