• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, कांग्रेसीमा छायो खुशियाली

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, कांग्रेसीमा छायो खुशियाली


समायोजन खबर
  • मंगलबार, भाद्र ८ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ।

    पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो। देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।

    प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ। यसैबीच, जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। नामावली सार्वजनिक नभएपछि मङ्गलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ।

    नामावली सार्वजनिक नभए आजैदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ। आन्दोलन गर्ने चेतावनी पछि संस्थापन पक्षले प्राविधिक तयारी पूरा गरेर अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology