समायोजन खबर खोटाङ, आज प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ।
अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ।
विशेषगरी प्रदेश-१ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।
मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको उनीहरुको भनाइ छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology