• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२६२४ जनामा संक्रमण,२० जनाको मृत्यु

२६२४ जनामा संक्रमण,२० जनाको मृत्यु


समायोजन खबर
  • शनिबार, साउन ३० २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो कुल परीक्षणको १९ दशमलव ३३ प्रतिशत हो ।

    आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख पाँच हजार एक सय ९० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।

    थप २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ५९ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ६० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology