• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दशै वटा पालिकालाई खोटाङ समाज हङकङले दियो स्वास्थ्य सामग्री

दशै वटा पालिकालाई खोटाङ समाज हङकङले दियो स्वास्थ्य सामग्री


समायोजन खबर
  • शनिबार, साउन २३ २०७८

  • जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खोटाङ समाज हङकङका सदस्य धर्मराज राई लगायत।

    समायोजन खबर खोटाङ, खोटाङ समाज हङकङले खोटाङको दशवटा पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। जिल्लाको हकहितमा साथ सहयोग गर्दै आएको समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई कोभिड नियन्त्रण तथा रोकथाममा सघाउँ पुग्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो।

    दशैवटा पालिकामा पुग्नेगरी स्वास्थ्य सामग्री शनिबार जिल्ला समन्वय समितिको प्राङगणमा समाजका पूर्व सह–सचिव तथा वर्तमान सदस्य धर्मराज राईले जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गरेका छन्।

    समाजले ९ लाख ५२ हजार ५६ रुपैयाँ रकम संकलन गरी पठाएको रकमले खरीद गरिएको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिण्डर, ह्वीलचियर, स्प्रेयर, सर्जिकल ग्लोब्स, पिपिई सेट, ह्याण्ड स्यानिटाईजर, पल्स अक्सिमिटर, स्टे«चर, थर्मल गन, आईसोलेसन गाउन, फेस शिल्ड, ग्लोब, माक्स लगायत छन्। नेपालमा स्वास्थ्य सामग्री खरीद र हस्तान्तरणको प्रक्रियामा खोटाङ प्राकृतिक प्रकोप कोषले समन्वय गरेको छ। कोषका कोषाध्यक्ष युगसन किराँतका अनुसार प्रत्येक पालिकालाई ९० हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ।

    सम्पूर्ण खोटाङगे मिलेर रकम संकलन गरिएको र कोभिड नियन्त्रणका लागि आवश्यकताको आधारमा तत्काल चाहिने सामग्रीहरुको माग गराएर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको समाजका सदस्य राईले बताए। जिल्लाबासीको लागि अझै सहयोग गरिने उनले आश्वसन दिए।

    जिल्लाका सबै पालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकामा जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले समाजलाई धन्यवाद दिएका छन्। प्राप्त स्वास्थ्य सामग्रीहरु पालिकालाई खबर गरेर वितरण गरिने चाम्लिङले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology