• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आत्महत्या गर्नेको संख्या बढ्दो

खोटाङमा आत्महत्या गर्नेको संख्या बढ्दो


समायोजन खबर
  • आइतबार, साउन १७ २०७८

  • फायल तस्विर।

    समायोजन खबर खोटाङ,खोटाङमा आत्महत्या गर्नेको संख्या उल्लेख्य बढेको पाईएको छ। वर्षदिनमा ६७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन्।

    आर्थिक वर्ष २०७७/०७८ मा ५९ जनाले झुण्डी आत्महत्या तथा ८ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ४५ जना पुरुष र २२ जना महिलाले आत्महत्या गरेका हुन्।

    प्रहरीले जवरजस्ती करणी गर्ने २० जनामध्ये १७ जना पुरुषलाई पक्राउ गरेको छ। ३ जना पक्राउ पर्न बाँकी छ। जवरजस्ती करणी उधोगमा ९ जनालाई पक्राउ गरी आवश्यक कारवाही गरेको छ। वर्ष दिनमा प्रहरीले विभिन्न मुद्दामा १८० जना पुरुष र १२ जना महिलालाई पक्राउ गरेका छन्। १४ जना पुरुष र १ जना महिला फरार रहेको प्रहरीले जनाएको छ।

    यस्तै, गएको आर्थिक वर्षमा विभिन्न घट्नामा ९२ जना पुरुष र ३७ जना महिलाको मृत्यु भएको छ। वर्ष दिनमा १२२ वटा मुद्दा फर्छौट गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएको २४० वटा मुद्दामध्येमा १२२ वटा मुद्दा फर्छौट गरेको हो। ११८ वटा मुद्दा फर्छौट गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    यसैगरी, गएको आर्थिक वर्षमा विभिन्न मुद्दामा १४८ जना प्रतिवादी फरार छन्। १३ जना पक्राउ परेका छन्। २० वर्षे ३६ वटा, २ वर्षे ११० वटा, चालु मुद्दा ६ र द्धन्द्धकालिन मुद्दा ४३ वटा पेण्डिङमा रहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology