• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रशासनकै नियम मान्दैनन् यातायात व्यवसायी, ढाड सेक्नेगरी असुल्छन् भाडा

प्रशासनकै नियम मान्दैनन् यातायात व्यवसायी, ढाड सेक्नेगरी असुल्छन् भाडा


समायोजन खबर
  • बुधबार, असार २३ २०७८

  • ट्राफिक प्रहरीले हलेसीमा नियन्त्रणमा लिएको बढी भाडा असुल्ने बस र बसका कर्मचारी।

    समायोजन खबर खोटाङ, खोटाङबाट काठमाण्डौ जान अति आवश्यक परेका व्यक्तिहरुलाई आर्थिक भार कम होस भनि स्थानीय प्रशासनले २३ असारमा बा ४ ख २१२९ नम्बरको बसलाई काठमाण्डौसम्म जान पास जारी गरिदिन्छ, अर्थात अनुमति दिन्छ। प्रशासनले स्वास्थ्य मापदण्ड भित्र रही निर्धारित भाडा दर प्रतिव्यक्ति १ हजार २ सय लिएर लैजान भनि खोटाङ यातायात प्रालिको उक्त बसलाई अनुमति दिन्छ।

    प्रशासनमा सवारी पास लिन पुगेका यातायात व्यवसायी तथा खोटाङ यातायात प्रालिका महासचिव (श्रोतका अनुसार) पनि सवारी पास हात नलागेसम्म प्रशासनको अगाडी ठिक्क पार्छन्। प्रशासनले तोकेको भाडादरमा लैजान्छु भनेर समर्थन जनाउँछन्। श्रोतका अनुसार आफ्नै बस काठमाण्डौ पठाउन उनी प्रशासन पास लिन पुगेका थिए।

    सवारी पास हात लागेपछि अति आवश्यक परेर काठमाण्डौ हिडेका यात्रुलाई बसमा राखे। त्यसपछि यातायात व्यवसायीले प्रशासनको निर्देशन र आफूले गरेको समर्थन एकाएक बिर्से। १ हजार २ सयमा काठमाण्डौ लैजान्छु भनेर प्रशासनबाट सवारी पास लिएका ति व्यवसायीले उल्टै २५ जना यात्रुबाट १ हजार ५ सयका दरले भाडा असुले।

    यातायात व्यवसायीले तोकेभन्दा बढी भाडा उठाएको गाईगुई प्रहरी र ट्राफिक प्रहरीमा आईसकेको थियो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटेको संयुक्त टोलीले हलेसीमा उक्त बसमा आकस्मिक चेकजाँच गर्दा बसले १२ सयको ठाउँमा १५ सय भाडा उठाएको पाईयो। बसले दिक्तेल, विजुलेबाट चढेका यात्रुलाई टिकट नै नदिई मनपरी भाडा असुलेका हुन्।

    प्रशासनको आदेश यातायात व्यवसायीले तोडेको कुरा लगभग ४५ किलोमिटर पर पुगेर मात्रै पत्ता लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर साहले बताए। २५ जना यात्रुबाट उठाएको बढी भाडा व्यवसायीबाट फिर्ता गरेर जनही ३ सयका दरले २५ जना यात्रुलाई नै फिर्ता गराएको साहले बताए।

    प्रशासनको अगाडी स्वास्थ्य मापदण्ड पालना गर्ने, तोकेको भाडा दरमा लैजान्छु भन्ने अनि बाटोमा पुगेपछि २५ जनाभन्दा बढी मानिस लगाउने, मनपरी भाडा असुल्ने बस सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५ सय जरिवाना गराई पुनः यस्तो गल्ती नदो¥याउने शर्तमा छोडिएको प्रहरीले जनाएको छ।

    प्रशासनकै नियम उल्लंघन गर्ने यातायात व्यवसायीले सामान्य व्यक्तिहरुबाट महामारीको समयमा कति भाडा असुलेका छन् भन्ने सहजै अनुमान गर्न सकिने जानकारवाला बताउँछन्। महामारीको समयमा साना टाटा सुमोहरुले यात्रुहरुको ढाड सेक्ने गरी भाडा उठाईरहेको जनगुनासो आईरहेको बेला बसले पनि ढाड सेक्नेगरी बढी भाडा उठाएको पाईएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology