समायोजन खबर, निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालका दुवै महन्थ र उपेन्द्र पक्षलाई बोलाएको छ । पार्टीको आन्तरिक विवाद हल गर्नको लागि छलफल गर्न बोलाएको हो ।
आधिकारिकताको लागि यसअघि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोग स्रोतकाअनुसार दुवै पक्षले आन्तरिक मेलमिलापका लागि यही असार २२ गतेको लागि आयोगमा बोलाएको हो।
जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो। असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो।
ठाकुर पक्षले आयोगमा जवाफ बुझाइसकेको छ। दुई पक्षमा विभाजित जसपाको ठाकुर पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्दै सरकारमा समेत समावेश भएको थियो। सर्वोच्चको आदेशपछि जसपाबाट मन्त्री हुनु भएकाहरु पदमुक्त हुनु भएको हो। यता यादव पक्ष भने विपक्षी गठबन्धनसँग सहकार्यमा छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology