समायोजन खबर खोटाङ, जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन्।
विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ।
कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ। यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ।
किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्य समेत राखिएको एक अभिभावकले जानकारी दिए। पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुन सक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने उल्लेख गरे।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology