• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी र दिक्तेलले जिल्लाका सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने

हलेसी र दिक्तेलले जिल्लाका सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने

नीति तथा कार्यक्रम


समायोजन खबर
  • शुक्रबार, असार ११ २०७८

  • नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई नगरका नगरप्रमुख इवन राई र दिपनारायण रिजाल।

    समायोजन खबर खोटाङ, खोटाङको दुई नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएको छ। बिहीबार सम्पन्न नवौं नगरसभामा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएका हुन्।

    हलेसीले स्थानीय तथा जिल्लाबाट प्रकाशित छापा तथा विधुतीय पत्रिकाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने, नगरपालिकाबाट प्रकाशित विज्ञापन तथा सूचना नगरपालिका र जिल्ला भित्रकै ऐजेन्सीलाई प्राथमिकता दिईने, ‘राम्रो हलेसी हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने र पत्रकार महासंघ खोटाङको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गरिने नगरप्रमुख ईवन राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।

    दिक्तेलका नगरप्रमुख दिपनारायण रिजालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पत्रकार महासंघ खोटाङ शाखाको भवन निर्माणका लागि संघ, प्रदेश सरकार र सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिने, पत्रकार महासंघ शाखाको व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने, नगरपालिकाबाट प्रकाशन हुने विज्ञापन तथा सूचनाहरुका लागि नगर र जिल्ला भित्र रहेका एजेन्सीहरुलाई प्राथमिकता दिईने, स्थानीय छापा तथा विधुतीय संञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनहरु उपलब्ध गराउने जनाईएको छ।

    यस्तै, जिल्लामा क्रियाशिल मिडिया हाउसहरुको प्रवद्र्धन गर्दै लगिने, पत्रकारहरुको क्षमता विकासका लागि पत्रकारिता तालिमका लागि आवश्यक सहयोग गरिने, नगरपालिकाको अनुगमन टोलीमा पत्रकारहरु समेत सम्मिलित गराई अनुगमन गरिने र ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रमलाई थप प्रभावकारी हुने गरी निरन्तरता दिईने नगरप्रमुख रिजालले बताए।

    दुई नगरपालिकाले सञ्चारमैत्री कार्यक्रम ल्याएको भन्दै सामाजिक सञ्जालबाट यसको स्वागत र सम्बन्धित पक्षवाट चौतर्फी प्रशंसा भईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology