• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सभापति दाबी गर्न रामचन्द्र पौडेलले बढायो सक्रियता,कांग्रेसमा तरंग

सभापति दाबी गर्न रामचन्द्र पौडेलले बढायो सक्रियता,कांग्रेसमा तरंग


समायोजन खबर
  • शुक्रबार, असार ११ २०७८

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।

    समायोजन खबर, नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो सक्रियता बढाएका छन्। यस क्रममा आज ९शुक्रबार० दिउँसोउनले आफूपक्षीय नेताहरूको बैठक राख्दै छन्।

    एक नेताका अनुसार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा पौडेलपक्षीय केन्द्रीय सदस्यहरूबीच छलफल हुने भएको हो। महाधिवेशनमा सभापति बन्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफूपक्षीय छलफल बढाइरहेका बेला पौडेलले पनि सक्रिय भएका हुन्।

    देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने जानकारी गराइसकेका छन् भने निधिले पनि आफ्ना पक्षका नेतासँग यसपटक आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्।

    यसै क्रममा पौडेल पक्ष पनि सक्रिय हुन लागेको हो। पौडेल पक्षमा ६ नेता पार्टीको सभापतिको आकांक्षी देखिएका छन्।

    वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन्। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ र १९ गते गर्ने निर्णय भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology