• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : कुन स्थानीय तहको कती वजेट ? हेर्नुहोस

खोटाङ : कुन स्थानीय तहको कती वजेट ? हेर्नुहोस


समायोजन खबर
  • बिहिबार, असार १० २०७८

  • समायोजन खबर खोटाङ, खोटाङका दश स्थानीय तहमध्येमा दुई नगरपालिका र छ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित वजेट र नीति तथा कार्यक्रम ल्याएको छ। नगरसभा तथा गाउँसभाबाट पारित गर्दै नयाँ वजेट र कार्यक्रम ल्याएका हुन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड ८ लाख ६२ हजार वजेट नगरसभामा प्रस्तुत गरेको छ। हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ४५० रुपैयाँ वजेट ल्याएको नगर उपप्रमुख बिमला राईले जानकारी दिईन्।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६२ करोड २८ लाख ३७ हजार ५९० रुपैयाँ, जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख ९३ हजार २७० रुपैयाँ, खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ, रावाबेंशी गाउँपालिकाले ३६ करोड ४५ लाख ३५ हजार र ऐसेलुखर्क गाउँपालिकाले करीव ४० करोड ३९ लाख ८५ हजार ९६० रुपैयाँ वजेट प्रस्तुत गरेको छ।

    साकेला गाउँपालिकाले भने गाउँपालिका उपाध्यक्ष सरीता खड्कासहित दुईजना वडाध्यक्ष र तीनजना जना कार्यपालिका सदस्यले गाउँसभा वहिष्कार गरे पनि वहुमतले ३२ करोड २३ लाख ९० हजार ४३० रुपैयाँ वजेट ल्याएको छ।

    गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले तर्जुमा वैठकमा अनावश्यक हष्तक्षेप गरेको र स्रोत अुनमान तथा वजेट सिमा निर्धारण समितिको वैठकले गलत ढंगले सिमा निर्धारण गरेकोमा असमति जनाउदै गाउँपालिका उपाध्यक्ष खड्का, वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमार सिं भुजेल, वडा सदस्य तथा कार्यपालिका सदस्यद्धय विमला राई र रेणुका कट्वालले गाउँसभा वहिष्कार गरेका हुन् । वहिष्कार गर्ने उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य कांग्रेसवाट निर्वाचित हुन्। गाउँपालिका अध्यक्ष खड्का माओवादी केन्द्रवाट निर्वाचित भएका हुन्।

    गाउँसभा बहिष्कार गरेपछि उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । गाउँपालिकाका सवारी साधन लगायत जिन्सीहरुमा ईन्धन लगायत सवालमा पार्टी कार्यकर्ताको भर्तिकेन्द्रको रुपमा सञ्चालन हुंदैक आएको भन्दै खेद प्रकट गरेको छ।

    बराहपोखरी गाउँपालिकाले प्राविधिक कारण देखाउँदै आज गाउँसभा गरेन। उसले ३४ करोड वरावरको वजेट प्रस्तुत गर्नेछ। केपिलासगढी गाउँपालिकाले भने १४ असारमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology