• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज आर्थिक वर्ष २०७८/०७९ का लागि वजेट ल्याउदै खोटाङका स्थानीय तह, कसको कती ?

आज आर्थिक वर्ष २०७८/०७९ का लागि वजेट ल्याउदै खोटाङका स्थानीय तह, कसको कती ?


समायोजन खबर
  • बिहिबार, असार १० २०७८

  • समायोजन खबर खोटाङ, खोटाङका स्थानीय तहहरुले आज आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र वजेट ल्याउँदै छ। दुई नगरपालिका आठ गाउँपालिकाले आज फरक–फरक समय गाउँसभा तथा नगरसभामार्फत कार्यक्रम र वजेट ल्याउन लागेको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८५ करोड बढि रकम ल्याउने तयारी गरेको नगर उपप्रमुख विणादेबी राईले बताईन्। हलेसी तुवाचुङ नगरपालिकाले ५८ करोड १६ लाख २८ हजार ४५० रुपैयाँ वजेट ल्याउने नगर उपप्रमुख बिमला राईले जानकारी दिईन्।

    खोटेहाङ गाउँपालिकाले ५१ करोड ६६ लाख ३२ हजार १२० रुपैयाँ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ६२ करोड बढि, जन्तेढुंगा गाउँपालिकाले ३९ करोड ९९ लाख, ऐसेलुखर्क गाउँपालिकाले करीव ४० करोड र साकेला गाउँपालिकाले ३२ करोड २३ लाख ९० हजार ४३० रुपैयाँ वजेट ल्याउने गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताए।

    यस्तै, बराहपोखरी गाउँपालिकाले ३४ करोड वरावरको वजेट प्रस्तुत गर्नेछ। रावावेशी गाउँपालिकाले ३६ करोडको हाराहारीमा वजेट ल्याउने तयारी गरेको जनाएको छ। केपिलासगढी गाउँपालिकाले भने १४ असारमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology