• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जालपाले जुटायो एन्टीजेन किट, टोल-टोलमा परीक्षण

जालपाले जुटायो एन्टीजेन किट, टोल-टोलमा परीक्षण


समायोजन खबर
  • मंगलबार, जेष्ठ २५ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालयले आफ्नै पहलमा एन्टीजेन किट जुटाएर कोभिड–१९ को परीक्षण गरेको छ। समुदायस्तरमा फैलिसकेको कोभिड–१९ को संक्रमण भए/नभएको पहिचान गर्दै संक्रमण थप फैलिन नदिनका लागि वडा कार्यालयले आफ्नै पहलमा किट जुटाएर एन्टीजेन परिक्षण सुरु गरेको हो।

    विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका वडाबासीको सहयोगमा १ हजार ३ सय थान किट जुटाएर वडाको टोल–टोलमा एन्टीजेन परिक्षण भइरहेको वडाध्यक्ष विकास राईले बताए। वडा कार्यालयको पहलमा जनसेवा समाज नेपाल, फ्रेण्डस् अफ नेचर, स्टोरिज अफ नेपाल, विभिन्न व्यक्ति लगायतबाट किट जुटाइएको हो।

    नगरपालिका, स्वास्थ्य कार्यालय लगायतबाट वडागतरुपमा किट प्राप्त हुने अवस्था नभएपछि वडा कार्यालय आफैले किट जुटाउन अग्रसरता देखाएको हो। वडाले जुटाएको एन्टीजेन किटबाट गरिएको परीक्षणका क्रममा हालसम्म जालपाका ५८ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भइसकेको छ। स्वास्थ्यमा गम्भीर समस्या नभएकाले संक्रमितलाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । नियमित आवत–जावत हुने छिमेकी वडाबाट समेत संक्रमण भित्रिने त्रास भएकाले दिक्तेल रुपाकोट मझुवागढी–११ खार्मीको साब्रु र रावाबेँसी गाउँपालिका–६ हौंचुरको राइसिंगेमा पनि एन्टीजेन परीक्षणको तयारी गरिएको वडाध्यक्ष राईले बताए। एन्टीजेन परिक्षणमा जालपा सामुदायीक अस्पताल र स्वास्थ्यचौकीको स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको छ।

    कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालय जालपाले जालपा सामुदायीक अस्पतालमा पाँच बेडको अक्सिजन सहितको आइसोलेसन बनाएको छ। वडाभित्र संक्रमणबाट गम्भीर बिरामी परेको अवस्थामा संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि जालपा सामुदायीक अस्पतालमा अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको वडाध्यक्ष राईले बताए। आइसोलेसनमा ४० लिटरको अक्सिजन सिलिण्डर व्यवस्था गरिएको छ।

    स्वास्थ्य सामग्री जुटाउनका लागि वडा कार्यालयले पहल थालेपछि राष्ट्रिय आविष्कार केन्द्रले चार थान अक्सिजन कन्सन्ट्रेटर, तीन थान अक्सिजन सिलिण्डर, पिपिइ लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएको छ। यस्तै, केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल बेलायती सेनामा कार्यरत बिकास साम्पाङ राईले सामुदायीक अस्पताललाई ४७ लिटरको दुई थान अक्सिजन सिलिण्डर उपलव्ध गराएका थिए। हाल जालपा सामुदायीक अस्पतालमा ८ थान अक्सिजन सिलिण्डर जुटिसकेको वडाध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology