समायोजन खबर खोटाङ, खोटाङको एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाँटडाँडाकी ७८ वर्षीया महिला संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको हो।
कोरोना संक्रमण पुष्टि भएको दश दिन पश्चात शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि शनिबार साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठ्माण्डौ पठाईएको संक्रमितका आफन्त तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए।
दश दिन अगाडी एन्टीजेन परीक्षण गर्दा संक्रमण पूष्टि भएपछि होम आइसोलेसनमा बसेका तथा दुई दिनयता जिल्ला अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत भए पनि स्वास्थ्यमा अक्सिजन लेबल कम भएकाले संक्रमितलाई उपचारका लागि काठमाण्डौ लगिएको हो । संक्रमितलाई केएमसी अस्पताल काठमाण्डौमा भर्ना गरेर थप उपचार गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
१० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पूरानो बैंक चोकका ६४ वर्षीय एक जना पुरुष संक्रमितलाई पनि साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठ्माण्डौ लगिएको थियो । यस्तै, ५ जेठमा ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठ्माण्डौं लगिएको थियो।
जिल्लामा स्वास्थ्यको संरचना, पूर्वाधार, व्यवस्थापन र जनशक्ति फितलो हुंदा कोभिड–१९ बाट संक्रमितको स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने बाध्य छ। हालसम्म जिल्लामा ७०४ जनामा कोरोना संक्रमण देखिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology