समायोजन खबर खोटाङ, श्रीमान श्रीमती नै संक्रमित भएपछि समस्यामा परेका दुई परिवारलाई नेबिसंघ गाउँपालिका सभापतिले राहत प्रदान गरेका छन्। खोटेहाङ गाउँपालिका नेबिसंघ सभापति गणेश खड्काले संक्रमित अति विपन्न दुई परिवारलाई राहत प्रदान गरेको हो।
विधार्थी नेता खड्काले खोटेहाङ गाउँपालिका–८ सिमपानीका कोरोना संक्रमित खड्ग बहादुर श्रेष्ठ र मकर थामीको परिवारलाई बिहीबार घरैमा पुगेर राहत प्रदान गरेको जनाएको छ। प्रति परिवार १/१ बोरा चामल, २/२ केजी दाल, २/२ प्याकेट खनेतेल र २/२ प्याकेट नुन प्रदान गरेका हुन्।
दुबै परिवारका श्रीमान् श्रीमती नै संक्रमित भएपछि काम गर्न जान नपाएको र घरको चुलो नै बल्न छोडेको संक्रमितले गुनासो गरेपछि घरैमा पुगेर राहत प्रदान गरेको खड्काले बताए।
राहत प्रदान गर्दै संक्रमित परिवारलाई नआतिकन धैर्यताका साथमा घरभित्र नै बस्न आग्रह गरेका छन्। कोरोना महामारीले गाँजिरहेको अवस्थामा राहत पाउँदा संक्रमित परिवार हर्षित भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology