• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप पाँच जनाले जिते कोरोना

खोटाङमा थप पाँच जनाले जिते कोरोना


समायोजन खबर
  • बुधबार, जेष्ठ ५ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा थप पाँच जना कोरोना संक्रमित निको भएका छन्। निको हुनेमा साकेला गाउँपालिकाका छन्। तीन महिला, दुई पुरुषले बुधबार कोरोना जितेका हुन्।

    यससँगै जिल्लामा कोरोना संक्रमणमूक्त हुनेको संख्या १५ जना पुगेको छ। हालसम्म एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछाने जानकारी दिए।

    यस्तै, यो समाचार तयार पार्दासम्म पिसिआर तथा एन्टिजेन परीक्षणबाट आज जन्तेढुंगा गाउँपालिकामा ९ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जना संक्रमित थपिएका छन्।

    यसैगरी, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका तीन जना संक्रमित हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौ गएका छन्। चिकित्सकले रिफर नगरे पनि आफू खुशीले उहाँहरु थप उपचारमा बाहिर जानु भएको जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछाने बताए।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६३ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३३ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १६ जना, रावाबेसी गाउँपालिकामा २० जना, केपिलासगढी गाउँपालिका १० जना, खोटेहाङ गाउँपालिकामा ९ जना र जन्तेढुंगा गाउँपालिकामा २७ जना संक्रमित छन्।

    जिल्लामा कूल संक्रमितको संख्या २०१ जना पुगेको छ भने, संक्रिय संक्रमितको १८० जना रहेको छ। संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology