समायोजन खबर खोटाङ, थप हप्ता दिनका लागि खोटाङको रावाबेंशी गाउँपालिकालाई शिल गरिएको छ। कुभिण्डेमा मात्रै एकैदिन १५ जनामा संक्रमण पूष्टि भएपछि गाउँपालिकालाई पुनः हप्ता दिन पूर्णरुपमा शिल गरिएको हो।
मंगलबार आपतकालिन निर्णय गर्दै ४ जेठदेखि १० जेठसम्म पालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरु पूर्णरुपमा शिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले जानकारी दिए। यसअघि पनि हप्ता दिन गाउँपालिका शिल गरिएको थियो।
पुनः शिल गरिएपछि पालिकाभित्रका स्वास्थ्यको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द हुने, गाउँपालिका र वडा कार्यालयको अति जरुरी र आकस्मिक काम मात्रै हुने, निर्माण सामग्री, खाद्यान्न, ईन्धन, स्वास्थ्य सामग्री बोकेका बाहेक अन्य गाडीहरु आवतजावत गर्न नपाईने र कार्यालय कर्मचारीको हकमा हिडडूल गर्न परामर्श लिनुपर्ने जनाइएको छ।
४ जेठदेखि १० जेठसम्म सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने, खाद्यान्न, इन्धन पसल बिहान ८ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुल्ला गर्न पाईने, चौतारमा भेला हुन नपाईने, बाहिरबाट आउने व्यक्तिले ७२ घण्टाको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने, संञ्चालन भएका योजनाहरुको काम भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पूरा गरी संञ्चालन गर्ने, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वयम्सेवक सबैलाई सचेतनामूलक क्रियाकलापका लागि परिचालन गर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कोभिड नियन्त्रणका लागि तयारी अवस्थामा रहने, राती गाडी हिड्न नपाइने, सामाजिक कार्य सकेसम्म कम उपस्थित भई उच्च सतर्कता गर्नुपर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए।
गाउँपालिकाले गरेको निर्णयको उल्लंघन गरेमा जो कोहीलाई शक्त कारवाही गरिने गाउँपालिका अध्यक्ष निरौलाले बताए। हालसम्म यस गाउँपालिकामा २० जना संक्रिय संक्रमित छन्।
यो पनि,कुभिण्डेमा मात्रै एकैदिन १५ जनामा संक्रमण पूष्टि
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology