समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकामा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण पूष्टि भएको छ। गाउँपालिकाको वडा नम्बर १ कुभिण्डेका स्थानीयहरुमा कोरोना संक्रमण पूष्टि भएको हो।
२ बैशाखमा ३१ जनाको स्वाव संकलन गरी विराटनगर पठाइएकोमा आज (मंगलबार) रिपोर्ट आउँदा १५ जनामा कोरोना पूष्टि भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए। संक्रमित हुनेमा ११ जना पुरुष र चार जना महिला छिन्।
संक्रमित होम आइसोलेसनमा बसेका र बस्न लगाइएको छ। योसँगै कुभिण्डेमा मात्रै कूल संक्रमितको संख्या २० जना पुगेको छ। अन्य वडाहरुमा संक्रमित भेटिएका छैनन्।
कसरी फैलियो कुभिण्डेमा यति धेरै कोरोना ?
रावाबेंशी गाउँपालिका अध्यक्ष निरौलाका अनुसार दोश्रो भेरियण्ट सुरु भएसँगै धरानबाट एक जना युवा कुभिण्डेमा आए। गाउँपालिकाले बाहिरबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न भन्ने नियमको उल्लंघन गरेर ति युवा होटल, पसल, तलमाथि, वारीपारी हिडे।
सुरुवातमा ति युवासहित उनको नजिकमा आएका पाँज जनाको परिक्षण गर्दा पाँचै जनामा संक्रमण पूष्टि भयो। संक्रमित ति पाँज जनाको कन्ट्रयाकमा आएका अन्य ३१ जनाको स्वाव संकलन गरेर परिक्षणमा पठाउँदा आज १५ जनामा पुनः संक्रमण देखिएको गाउँपालिका अध्यक्षले बताए।
स्वाव दिएर रिपोर्ट नआएसम्म कतिपय व्यक्तिहरु गाउँघर डुलेको पाइएको छ। ति डुल्नेहरु नै संक्रमित भएका छन् । फेरी तिनिहरुले कतिलाई संक्रमित बनाएको छ । १५ जना संक्रमितमध्ये कतिलाई होम आइसोलेसनमा बस्न भनिएको छ। कति त बाहिर नै हिडेको भन्ने खबर छ । उनले भने, सबैलाई सतर्क रहन आव्हान गर्दछु।
महामारीको समयमा स्थानीय सरकार रातदिन नभनि जनताको लागि खटिरहेको छ। स्थानीयहरु भने स्व–स्फुर्त साथ दिनुपर्नेमा नियम तोडिरहेको उनको भनाई छ। नियम तोड्नेहरुलाई अब भने सितिमितिमा नछोडिने अध्यक्ष निरौला बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology