समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पूष्टि भएको छ। बिहीबार १६ जनाको एन्टीजेन परिक्षण गर्दा दुई जना महिलामा कोरोना संक्रमण पूष्टि भएको हो।
कोरोना भाइरस पूष्टि हुनेमा हलेसी तुवाचुङ नगरपालिका–४ वडहरेकी २१ वर्षीया र ४० वर्षीया महिला रहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिए।
हालसम्म यस नगरपालिकामा १६ जना संक्रिय संक्रमित पुगेको छ। संक्रमित मध्ये १४ जना होम आइसोलेसन र दुई जना नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका छन्। संक्रमितहरुको स्वास्थ्य अवस्था सुधार हुंदै आएको घिमिरेले बताए।
बिहीबार नै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना तथा ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा १–१ एक जनामा कोरोना संक्रमण पूष्टि भएको थियो। हालसम्म जिल्लामा संक्रमितको संख्या ९२ जना पुगेको छ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले अहिलेसम्म एन्टीजेन तथा पिसिआर परिक्षण नगरेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology