समायोजन खबर खोटाङ, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ।
निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’ सामाजिक विकास मन्त्रालयमा आज कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उहाँले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’
प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उहाँले आवस्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भएको छ । उहाँले भन्नुभयो,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या छैन ।’ उहाँले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिनुभएको छ । उहाँले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताउनुभयो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology