• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले सय जनालाई दियो राहत

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले सय जनालाई दियो राहत


समायोजन खबर
  • शनिबार, बैशाख ४ २०७८

  • पीडितलाई राहत प्रदान गर्दै कोषका कोषाध्यक्ष युगसन किरात लगायत । फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, प्राकृतिक विपत्तिमा परेका एकसय जनालाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत वितरण गरेको छ। आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपदमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनादेखी हालसम्म सय जनालाई राहत वितरण गरेको हो।

    २०७२ सालमा खोटाङ समाज हङकङको सक्रियतामा आर्थिक संकलन गरेर २०७४ सालदेखि कानुनी मान्यता प्राप्त भई राहत वितरण गर्दै आएको कोषले स्थापना वर्षमा १९ परिवारलाई १ लाख ८५ हजार र २०७५ सालमा २४ परिवारलाई १ लाख १८ हजार राहत प्रदान गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिनुभयो।

    यस्तै, २०७६ सालमा २७ परिवारलाई १ लाख ५३ हजार तथा २०७७ सालमा ३० परिवारलाई २ लाख ८५ हजार वरावरको राहत वितरण गरिएको छ। कोष स्थापनादेखि हालसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढि आगलागी, बाढी पहिरो, चट्याङबाट पीडितलाई राहत वितरण गरिएको देखिन्छ। २०७७ सालमा सवैभन्दा बढी विपद्का घट्ना घटेको छ।

    कोषले आफ्नो मूलधन ३० लाखको ब्याजबाट आएको रकमले आशिंक क्षतिलाई नगद ५ हजार र पूर्ण क्षतिलाई नगद १० हजार राहत वितरण गर्दै आएको छ । भोगेन्द्र राई अध्यक्ष रहेको कोषमा १३ सदस्यीय छन् । जिल्लामा विपदमा परेकालाई राहत वितरण गर्न सहज होस भनेर दशवटै पालिकामा प्रतिनिधि राखिएको कोषाध्यक्ष राईले बताए। प्रतिनिधिहरुले पीडितको घर आँगनमै पुगेर राहत वितरण गर्दै आएकोे छ। कोषको हङकङ प्रतिनिधिमा खोटाङ समाज हङकङका पूर्व अध्यक्ष तेजप्रकाश राई रहेका छन्।

    जुनसुकै बेला आईपर्ने विपदमा तत्काल राहत सहयोग उपलब्ध गराउने उद्देश्यले खोटाङ समाज हङकङले स्थापना गरेको कोष जस्तै अन्यले पनि कोषहरु खडा गरेमा विपदमा परेकाहरुले थोरै भए पनि राहत पाउने जानकारहरु बताउँछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology