• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता सुरु

दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता सुरु


समायोजन खबर
  • शुक्रबार, बैशाख ३ २०७८

  • १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिताको उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल ।

    समायोजन खबर खोटाङ, खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ । चारवटा विधाका लागि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबारबाट छनोट प्रतियोगिता सुरु भएको हो।

    जिल्ला समन्वय समिति प्रमुख तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक बबि चाम्लिङको संयोजकत्वमा सुरु भएको प्रतियोगिताको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका छन्।प्रतियोगितामा भलिवल, एथलेटिक्स, कबड्डी र तेक्वान्दोको छनोट हुनेछ । कराते विधाको यसअघि नै छनौट भईसकेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए।

    प्रमुख केसीका अनुसार तेक्वान्दो खेलको छनोट बाक्सिलामा भईरहेको छ । जिल्लाबाट छनोट भएका टिम तथा खेलाडीले प्रदेश सरकारले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ४ लाख वजेटमा सुरुवात भएको प्रतियोगिता आईतबार समापन हुनेछ।

    छनोट प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड र दोश्रो तथा तेश्रोले ट्रफि प्राप्त गर्नेछन् । छनोट  प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, रावाबेंशी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयहरुले सहभागिता जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology