समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दुई परिवारलाई राहत वितरण गरेको छ । हावाहुरी पिडित र अग्नि पिडित परिवारलाई आईतबार राहत प्रदान गरेको हो।
हावाहुरी पिडित याम्खा खामडाँडाका अर्जुन भुजेल र अग्नि पिडित डाँडागाउँ खुतुम्बुका नैन बहादुर विश्वकर्माको परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले भुजेल परिवारलाई नगद २० हजार र विश्वकर्मा परिवारलाई नगद ३५ हजार राहत प्रदान गरेको हो । राहत गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले पिडितको घरघरमा पुगेर वितरण गरेका हुन्।
१७ चैतमा आएको हावाहुरीले भुजेलको घरको पुरै छाना उडाई दिएको थियो । २१ चैतमा बनमा लागेको ढडेला घरमा पस्दा विश्वकर्माको घर, मतान र कटेरो पूर्णरुपमा जलेर नष्ट भएको थियो।
राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, सम्बन्धित वडाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र स्थानीयहरुको उपस्थिती थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology