समायोजन खबर खोटाङ, खोटाङका क्रियाशिल पत्रकार चिसाङ शेर्पा खोटाङ फुटवल एकेडेमी (केएफए) खेलकुद पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । सोमबार केएफएको ‘खेलकुद पत्रकारिता पुरस्कार’वाट शेर्पा पुरस्कृत भएका हुन्।
एकेडेमीले ४ चैतवाट सुरुवात गरेको अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता समापनका दिन शेर्पालाई ६ हजार ६६६ नगदका साथमा प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेको हो । शेर्पालाई खोटाङ फुटवल एकेडेमी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष तुला राजभण्डारीले पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरेका छन्।
खोटाङ फुटवल एकेडेमी दिक्तेलको स्थापनाकाल देखी हरेक गतिविधिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार र विभिन्न सामाजिक सञ्जालहरुसँग सम्वन्ध कायम गर्न खेल्नु भएको महत्वपूर्ण योगदानको कदर गर्दै जिल्लाको खेलक्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसार गर्नमा महत्वपूर्ण योगदान गरेकाले पत्रकार शेर्पालाई पुरस्कृत गरिएको खोटाङ फुटवल एकेडेमी दिक्तेलका अध्यक्ष नुरकाजी सैंजुले बताए ।
जिल्लामा क्रियाशलि पत्रकार शेर्पा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुन् । समायोजन खवर डटकमका अध्यक्ष समेत रहेका शेर्पा एपीवान टेलिभिजनका जिल्ला संवाददाता र हिमालय टाइम्स दैनिकका जिल्ला संवाददाता हुन् । यसअघि लफ्याङमा आयोजना गरिएको मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता पत्रकारिता पुरस्कारवाट पनि शेर्पा पुरस्कृत भएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology