समायोजन खबर खोटाङ, दोश्रो जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगितामा खोटाङ फुटवल एकेडेमीले विजयी सुरुवात गरेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
खोटाङ फुटवल एकेडेमीले आयोजना गरेकोे प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केएफएले योङ व्वाइज युनाइटेड फुटवल क्लवलाई सुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो । केएफएले दोश्रो हाफको अन्तिम समयमा गोल गरेको थियो ।
‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथमा आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा) अध्यक्ष कर्माछिरीङ शेर्पाले गरेका छन् । उद्घाटनको अवसरमा एकेडेमीको आफ्नै गीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले सार्वजनिक गरेका छन् । उद्घाटन कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थिती थियो ।
उद्घाटनका दिन जिल्लामा क्रियाशिल पत्रकार र केएफए भेट्रान (वुढ्यौली) टिमविच मैत्रीपूर्ण प्रतियोगिता हुने भनिए पनि प्राविधिक कारणले फाइनलका दिन मैत्रीपूर्ण प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, दोश्रो टिमले ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई टिमले प्रति टिम २२ हजार २२२ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता, कोचलाई जनही पाँच हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई सात हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाणपत्र र म्यान अफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए ।
यस्तै, खोटाङ फुटवल एकेडेमी पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार घोषणा गर्दै प्रतियोगिता समापनमा पत्रकार शेर्पालाई पुरस्कार प्रदान गरिने अध्यक्ष सैंजुले बताए ।
खेलकुदको अभियान खोटाङको पहिचान भन्ने नाराका साथमा २०७३ सालमा स्थापना भएको एकेडेमीले गतवर्षदेखी जिल्ला अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता गराउदै आएको छ । पहिलो संस्करणमा आयोजक नै प्रथम भएको थियो ।
फुटसल सेन्टरलाई निःशुल्क जग्गा
माटिकोरे खेलमैदान नजिक निर्माण हुने फुटसल सेन्टरका लागि सोही ठाउँका ३ जना स्थानीयले निःशुल्क जग्गा दिने घोषणा गरेका छन् । स्थानीय विष्णुमाया खत्री, पोस्टक बहादुर खत्री र राम बहादुर खत्रीले फुटसल सेन्टरका लागि आवश्यक जग्गा निःशुल्क दिने घोषणा गरेका हुन् ।
जग्गादाता र अतिथिहरु सामूहिक तस्विरमा ।
जग्गा प्राप्त भएपछि फुटसल सेन्टरको आजै एन्फा अध्यक्ष शेर्पाले शिलान्यास गरेका छन् । जग्गादान गर्ने दाताहरुलाई एन्फा अध्यक्ष शेर्पा र नगरप्रमुख रिजाल लगायतले सम्मान गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology