समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा एकसाथ चारवटा भवनको उद्घाटन गरिएको छ । विभिन्न निकायवाट प्राप्त वजेटबाट निर्माण सम्पन्न भएका भवनहरुको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको हो ।
विजयखर्कको वडा कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, चम्पावती माध्यमिक विद्यालय भवन र भैरवेश्वर महिला जागरण मञ्चको भवन उद्घाटन गरिएको विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकालले जानकारी दिए । चारैवटा भवन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
स्वास्थ्य चौकीको भवन उद्घाटन गरिदै ।
वडा कार्यालयको भवन नगरपालिकाको ७० लाख वजेटबाट निर्माण गरिएको हो । नगरपालिकाले यसवर्ष ११ वडामा एकै डिजाइनको भवन निर्माण गरिरहेको छ । स्वास्थ्य चौकीको भवन जिल्ला आयोजना कार्यन्वयन इकाई भवन ओखलढुंगाको १ करोड ७० लाख र प्राविधिक सहयोगमा निर्माण गरिएको हो । चम्पावती माविको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७० लाख ४० हजारमा निर्माण गरिएको जनाइएको छ ।
नवनिर्मित विद्यालयको चार कोठे भवनभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव स्थापना र बाहिर सरस्वती मन्दिर निर्माण गरिएको छ । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव र सरस्वती मन्दिर नगरको वजेटवाट निर्माण गरिएको हो । विद्यालयको मेसिनरी वालमा नगरपालिकाले १० लाख सहयोग गरेको थियो ।
यस्तै, विभिन्न निकायवाट प्राप्त भएको ५ लाख वजेटबाट भैरवेश्वर महिला जागरण मञ्चको भवन निर्माण गरिएको वडा सदस्य मनिषा खनालले बताईन् ।
तीनजना जग्गादातालाई सम्मान
भवन उद्घाटन कार्यक्रमको अवसरमा तीनजना जग्गादातालाई सम्मान गरिएको छ । वडा कार्यालय निर्माणका लागि डेढ रोपनी निःशुल्क जग्गादान गर्ने विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकाल, स्वास्थ्य चौकीलाई ५ रोपनी निःशुल्क जग्गादान गर्ने टंक पोखरेल र भैरवेश्वर महिला जागरण मञ्चलाई १० आना निःशुल्क जग्गादान गर्ने युवराज ढकाललाई सम्मान गरिएको हो ।
निःशुल्क जग्गादाता तथा विजयखर्कका वडाध्यक्ष विरेन्द्र प्रसाद ढकाललाई सम्मान गरिदै ।
जग्गादाताहरुलाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । यसैविच, २६ फागुनमा नेर्पाबाट सुरुवात गरिएको निःशुल्क स्यानिटरी प्याड, दिवा खाजा र टिफिन क्यारी वितरण कार्यक्रम अन्तर्गत विजयखर्कका विधार्थीहरुलाई पनि वितरण गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology