• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने छु : अध्यक्ष दाहाल

पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने छु : अध्यक्ष दाहाल


समायोजन खबर
  • बिहिबार, फाल्गुन २७ २०७७

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताउनुुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उहाँले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताउनुुभयो ।

    अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उहाँले मुलुकका लागि फेरि पनि बलिदान गर्छाँै भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताउनुुभयो । “हिजो मुलुक परिवर्तनका लागि ज्यानको बाजी लगाएर सशस्त्र युुद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दै छन्”, अध्यक्ष दाहालले भन्नुभयो ।

    जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उहाँले बताउनुुभयो । “जनसंघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध अहिले पनि हमला भइरहेको छ, हामी आफ्नै खुुट्टामा उभिने गरी तयारी गरिरहेका छौँ, केही समय योसँग उभिने, उसँग मिले होला कि भनेर सहकार्य गरियो”, उहाँले भन्नुुभयो, “तर आफ्नै साथीहरु छुट्दा, आफैँ कमजोर भएको पक्कै हो, अब आफ्नै खुुट्टामा उभिने र पूराना साथीहरुलाई एकताबद्ध बनाएर लैजाने विश्वासका साथ लागेको छुु ।”

    जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशीविदेशी तत्व लागि परेको बताउँदै उहाँले त्यस्ता षडयन्त्रलाई पररास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “राष्ट्र र परिवर्तनको आन्दोलनका विरुद्ध देशभित्र र बाहिरका प्रतिक्रियावादीले ठूलो षड्यन्त्र गरिरहेका छन्”, उहाँले भन्नुुभयो, “हामीले त्यसलाई परारस्त गर्नुछ, गरिन्छ पनि, किसान, मजदुर, उत्पीडित जनसमुदायसँग जोडियौँ भने हामीले शान्तिपूर्णरुपमा युद्ध जित्छौँ ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology