• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभ्याक्सको खोप आयो नेपाल

कोभ्याक्सको खोप आयो नेपाल


समायोजन खबर
  • आइतबार, फाल्गुन २३ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो ।

    कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो ।

    उहाँले नेपालको लागि यो खोप प्राप्त गर्नु सुनौलो अवसर भएको भन्दै आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेथ्सोलो न्यन्तीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको छ ।

    नेपाललगायत दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क)मा वर्मा र श्रीलङ्काले कोभ्याक्समार्फत खोप पाएका छन् । कोभ्याक्स सुविधामार्फत कम विकसित देशलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology