• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा घुम्ती शिविरवाट ११ सयवढी लाभान्वित

साकेला गाउँपालिकामा घुम्ती शिविरवाट ११ सयवढी लाभान्वित


समायोजन खबर
  • आइतबार, फाल्गुन २३ २०७७

  • शिविरमा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगर र स्थानीयहरु ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको एकिकृत घुम्ती शिविरवाट ११ सयवढी नागरिकले सेवा लिएका छन् । ज्येष्ठ नागरिक अपाङ्गता भएकालाई परीचयपत्र तथा स्वास्थ्य सेवा सहितको एकिकृत घुम्ती शिविरवाट १ हजार १२० जनाले विभिन्न किसिमका सेवाहरु लिएका हुन् ।

    १७ फागुनदेखी वडां.न ५ मात्तिमबाट सुरु गरिएको शिविरमा स्वास्थ्यतर्फ बाँझेच्यानडाँडाका १४५ जना, रतन्छाका ७३ जना, खिदिमाका ७० जना, वडा नं. ४ मात्तिमका १२२ जना र वडा नं. ५ मात्तिमका १०२ जनागरी ५ सय १२ जनाले स्वास्थ्य सेवा लिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जानकारी दिनुभयो ।
    प्रमुख प्रशासकीय अधिकृत मगरका अनुसार ११२ जना ज्येष्ठ नागरिकलाई परीचयपत्र वितरण गरिएको छ । जसमा ७० जना महिला र ४२ जना पुरुषले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । ४ जना महिला र २० जना पुरुषलाई अपांगता परीचयपत्र पनि वितरण गरिएको छ ।

    शिविरको अवसरमा ७५ वर्षमाथिका र लठ्ठीको साहार विना हिड्न नसक्ने ४७२ जनालाई लठ्ठी पनि वितरण गरिएको छ । गाउँपालिकाले आफ्नै घर आँगनमा सञ्चालन गरेकोे विषयगत शिविरबाट विभिन्न प्रकारका सेवा लिन पाउँदा सेवाग्राहीहरु हर्षित भएका छन् । शिविर शनिवार समापन भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology